Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौँ- १२ देखि १७ वर्षका बालबालिकालाई आज पनि फाइजर खोप लगाइँदैछ ।

अमेरिकी सरकारले उपलब्ध गराएको एक लाख ६२० मात्रा फाइजर खोप बालबालिकालाइ लगाइँदैछ। झण्डै ४५ हजारलाई पहिलो मात्रा लगाउन पुग्ने खोप शनिबार सम्ममा ७ हजार ३ सय ६४ जनाले मात्रै लगाएका छन् ।

पहिलो चरणमा दिर्घ रोगीलाई मात्रै लगाइएको खोप ठूलो संख्यामा जगेडा बसेकाले १२ देखि १७ वर्ष उमेर समूहका अन्य बालबालिकालाई पनि खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

खोप लगाउन जाँदा बालबालिकाको जन्मदर्ताको प्रमाणपत्र लिएर जान आग्रह गरिएको छ ।

खोप कार्यक्रम खोप उपलब्ध भएसम्म गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अघि तोकिएका ७ प्रदेशका २४ वटा अस्पतालबाट खोप लगाइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय