Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुँदैछ । पहिलो खेल दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसैगरी दोस्रो खेल मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी)बीच खेल हुँदैछ । पहिलो खेल दिनको एक बजे र दोस्रो खेल अपरान्ह ४.४५ बजे खेलिने कार्यक्रम रहेको छ ।

हिजो सम्पन्न खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली एपीएफ एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

खेलमा २-२ गोलको बराबरी अवस्थामा इन्जुरी समयमा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई ३-२ को जित सुनिश्चित गराए । खेलको म्यान अफ दि म्याच ब्रिगेडका रोशन राना मगर भए ।

जितसँगै ब्रिगेडले महत्वपूर्ण ३ अंक जोड्न सफल हुदा एपीएफले भने हारबाट लिगको सुरुवात गरेको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय