नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आज (सोमबार) चितवनमा कार्यकर्ता भेला आयोजना गरेको छ ।
पार्टीले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
भेलालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।
पूर्वी चितवनको टाँडीमा कार्यक्रम आयोजना गरिएको छ ।
