प्रदेश २ सरकारमा नवनियुक्त दुई जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख हरिशङ्कर मिश्राले मुख्यमन्त्री लालबाबु राउतद्वारा नवनियुक्त उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोदकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
