Nepali Unicode | Preeti to Unicode

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार)प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

उनले हिजो (मङ्गलबार) विश्वासको मत लिने तयारी गरेका थिए । तर प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित गरी आज बिहान साढे ११ बजेसम्मलाई सारेका थिए ।

आज बस्ने बैठकमा विश्वासको मतसम्बधी प्रस्ताव टेबुल गर्ने र आजै मत विभाजन गर्ने  सत्ता पक्षको तयारी छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बन्दका कारण आफ्ना सांसद आउन नसक्ने भन्दै मङ्गलबार एमालेले बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

तर सत्ता पक्षले नमानेपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्ने कार्यसूची तयार गरे । बैठक कक्षमा प्रतिपक्षी दल सहभागी नभएपछि कार्यसूचीमा प्रवेश नगरी सभामुखले बैठक स्थगित गरेका थिए ।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । पाँचदलीय सत्ता गठबन्धनसँग ५० जना सांसद् छन् ।  प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर