Nepali Unicode | Preeti to Unicode

उच्च रक्तचाप मस्तिष्कघात (स्ट्रोक) को मुख्य कारण रहेको अधिकांशलाई थाहा छ ।

तर, बोस्टन युनिभर्सिटी स्कुल अफ मेडिसिनले गरेको नयाँ अनुसन्धानले कम रक्तचाप (लो ब्लड प्रेसर) का कारण पनि स्ट्रोक हुनसक्ने देखाएको छ । अनुसन्धानकर्ता डा. ह्युगो जे एप्रिसियोले कम रक्तचापका बिरामीमध्ये १० प्रतिशतलाई स्ट्रोकको जोखिम हुने बताएका छन् ।

कम रक्तचाप र स्ट्रोकबीचको सम्बन्ध बुझ्न, वैज्ञानिकहरूले इस्केमिक स्ट्रोकबाट पीडित ३० हजार वृद्ध व्यक्तिहरूको अध्ययन गरेका थिए । उच्च रक्तचाप मात्र नभएर कम रक्तचापले पनि स्ट्रोक निम्त्याउन सक्छ भन्ने अनुसन्धानको निष्कर्ष रहेको छ । अध्ययनले धुम्रपान गर्ने, मुटुका बिरामी, डिमेन्सिया वा क्यान्सरबाट पीडित बिरामीहरूमा स्ट्रोकको जोखिम अझ बढी रहेको देखाएको छ ।

स्ट्रोकको जोखिमबाट बच्नका लागि रक्तचापमा ध्यान राख्नुका साथै स्ट्रोकको जोखिम बढाउने कारकहरूबाट आफूलाई जोगाउन आवश्यक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर