
नेकपाको आज (शुक्रबार) बस्ने भनिएको बैठक अचानक स्थगित भएको छ ।
बैठक आगामी आइतबारसम्मका लागि स्थागित गरिएको हो । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । तर बिहानै सचिवालय सदस्यहरुलाई पर धकेलिएको जानकारी दिएर बैठक स्थगित गरिएको छ ।
पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दूरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको अवस्थामा बैठक अचानक स्थगित गरिएको हो । यसअघि नेकपाका बैठकहरु धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।
पार्टीले बैठक स्थगित गर्नुको कारण खुलाएको छैन । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको जानकारी सामाजिक सञ्जालमाफर्त गराए पनि यसको कारण खुलाएका छैनन् ।