Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

नवप्रवेशी क्लबसँग हार बेहोरेपछि स्पेनिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । ला लिगाअन्तर्गत बुधबार राति नवप्रवेशी क्लब रायो भालेकानोसँग १–० गोलले पराजित भएको तीन घण्टा बित्न नपाउँदै बार्सिलोनाले कोम्यानलाई बर्खास्त  गरेको हो ।

नयाँ सिजनमा बार्सिलोनाले लगातार खराब प्रदर्शन गरिरहेको छ । स्टार खेलाडी लियोनल मेस्सीले क्लब छाडेपछि लय गुमाएको बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती गरेको निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ ।

उनले १४ महिना प्रशिक्षकका रूपमा काम गरेका थिए । बार्सिलोनाले नयाँ सिजनको ला लिगामा १० खेलबाट जम्मा १५ अङ्क जोडेको छ । च्याम्पियन्स लिगको समूह चरणमा दुई खेल हारिसकेको छ । बार्सिलोना ला लिगाको अङ्कतालिकामा नवौं स्थानमा छ । यो सिजनको पहिलो एल क्लासिकोमा पराजित भएपछि केहीदिन अघि समर्थकले उनको गाडीमाथि  आक्रमण प्रयास गरेका थिए ।

कोम्यानको बर्खास्तपछि अब बार्सिलोनामा को प्रशिक्षक आउँछन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय