Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

भारतमा टिकटकको विकल्पको रुपमा ‘शर्ट्स’ नामको एपको परीक्षण सुरू गरेको छ ।

भारतमा निकै लोकप्रिय रहेको चिनियाँ एप टिकटक प्रतिबन्ध भएपछि युट्युबले टिकटकको प्रतिद्वन्द्वीका रुपमा ‘शर्ट्स’ नामको एपको परीक्षण सुरू गरेको हो । युट्युबको नयाँ एप शर्ट्सको माध्यमबाट छोटो भिडियो बनाएर टिकटकमा जसरी नै अपलोड गर्न सकिन्छ ।

युट्यूब उत्पादन प्रबन्धनको उपाध्यक्ष क्रिस जाफले रचनाकारहरू र कलाकारहरूले मोबाइल फोनको प्रयोग गरेर १५ सेकेन्डको छोटो, आकर्षक भिडियोहरू सुट गर्न सक्ने बताएका छन् । भारतमा केही दिनमा यसको परीक्षणका लागि केही नयाँ निर्माण उपकरणहरूसहित शर्ट्सको प्रारम्भिक सुरुवात गर्न लागेको उनको भनाइ छ ।

जाफले शर्ट्सलाई अधिक व्यापकरूपमा उपलब्ध हुनुअघि प्रयोगकर्ताको प्रतिक्रियाको आधारमा परिमार्जन गरिने पनि बताएका छन् । यसैगरी फेसबुकले पनि टिकटक जस्तै आफ्नो एक भर्जन लासोको परीक्षण गरिरहेको छ । भारत र चीनबीच विवाद बढ्दै जाँदा केही महिना अघिमात्र भारतले टिकटकसहित दुई सयभन्दा बढी एपमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय