Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

भारतमा टिकटकको विकल्पको रुपमा ‘शर्ट्स’ नामको एपको परीक्षण सुरू गरेको छ ।

भारतमा निकै लोकप्रिय रहेको चिनियाँ एप टिकटक प्रतिबन्ध भएपछि युट्युबले टिकटकको प्रतिद्वन्द्वीका रुपमा ‘शर्ट्स’ नामको एपको परीक्षण सुरू गरेको हो । युट्युबको नयाँ एप शर्ट्सको माध्यमबाट छोटो भिडियो बनाएर टिकटकमा जसरी नै अपलोड गर्न सकिन्छ ।

युट्यूब उत्पादन प्रबन्धनको उपाध्यक्ष क्रिस जाफले रचनाकारहरू र कलाकारहरूले मोबाइल फोनको प्रयोग गरेर १५ सेकेन्डको छोटो, आकर्षक भिडियोहरू सुट गर्न सक्ने बताएका छन् । भारतमा केही दिनमा यसको परीक्षणका लागि केही नयाँ निर्माण उपकरणहरूसहित शर्ट्सको प्रारम्भिक सुरुवात गर्न लागेको उनको भनाइ छ ।

जाफले शर्ट्सलाई अधिक व्यापकरूपमा उपलब्ध हुनुअघि प्रयोगकर्ताको प्रतिक्रियाको आधारमा परिमार्जन गरिने पनि बताएका छन् । यसैगरी फेसबुकले पनि टिकटक जस्तै आफ्नो एक भर्जन लासोको परीक्षण गरिरहेको छ । भारत र चीनबीच विवाद बढ्दै जाँदा केही महिना अघिमात्र भारतले टिकटकसहित दुई सयभन्दा बढी एपमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय