Nepali Unicode | Preeti to Unicode

पूर्वमाओवादीलाई प्राथमिकतामा राखेपछि मोरङ कानेपोखरी गाउँपालिकामा एमाले ओली पक्ष बढारिने भएको छ ।

एमाले स्रोतका अनुसार कानेपोखरी गाउँपालिकाका ७ वटा वडामध्ये ३ वटा वडाध्यक्ष पूर्वमाओवादीले कब्जा गरेको छ । पूर्वमाओवादीलाई प्राथमिकतामा राखेपछि खाँटी ओली पक्ष भने रुष्ट बनेको छ ।

गाउँपालिकाका अध्यक्ष तारा काफ्लेले आफू उम्मेद्वार बन्ने आकाङ्क्षाले  माओवादीहरुलाई प्राथमिकता दिएको तर एमालेका पुराना र दुःख गरेका पार्टीका नेताहरु पछाडि पारिएको भन्दै ओली पक्ष रुष्ट बनेका हुन् ।

कानेपोखरीको ७ वडा अध्यक्षमध्ये १ नम्बरका चन्द्र मगर, ४ नम्बरका टेकबहादुर तामाङ र ५ नम्बरका युवराज लुईँटेल पूर्वमाओवादी हुन् । आफ्नो समीकरणलाई बलियो बनाउने नाममा पार्टीमा लामो योगदान नगरेकाहरूलाई जिम्मेवारी दिइएको एक जना एमाले नेताले असन्तुष्टि व्यक्त गरे ।

यस्तै वडा नम्बर २ मा परशुराम खतिवडा, ३ मा गोपाल कार्की, ६ मा कुमार फुयाल र ७ नम्बर वडा अध्यक्षमा शिक्षक एचपी शर्मा (होमप्रसाद न्यौपाने) निर्वाचित गरिएको छ । गाउँपालिका पार्टीका अध्यक्षमा माधव पक्षमा लागेर भर्खरै ओलीपक्षमा खुलेका दानबहादुर बस्नेतलाई काफ्लेले अगाडि सारेका छन् । उनी पूर्वमाओवादी पनि हुन् ।

गाउँपालिकाको अध्यक्षका लागि कानेपोखरी वडा नम्बर २ का अध्यक्ष सुशील बुढाथोकी, पुराना एमालेका बामपन्थी नेता खडानन्द घिमिरे र भुपाल श्रेष्ठ आकाङ्क्षी बनेपछि मङ्गलबार गाउँसमिति निर्माण हुन सकेन ।

यो समीकरणसँगै ओली पक्षबाट अध्यक्षका दाबेदार मानिएका भोला अधिकारी भने सुरुमै रिङबाट आउट बनेका छन् । आफू आउट बनेपछि उनकै उम्मेद्वारको रूपमा भुपाल श्रेष्ठ अगाडि सारिएको छ । बस्नेत यसअघि ओलीले चालेको कदमको विरुद्धमा आन्दोलित बनेका थिए । सोही कारण पनि खाँटी ओली पक्ष काफ्लेको कदमप्रति रुष्ट बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर