Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

टी-ट्‍वान्टी विश्वकप २०२१ सुपर बाह्र अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि बलियो जीत निकालेको छ ।

युएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको न्युजिल्याण्ड २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमा समेटिएको थियो ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्न पाकिस्तानका तीव्रगतिका बलर हरिश रौफले चार ओभरमा २२ रन खर्चिएर सर्वाधिक चार विकेट लिन सफल भएका थिए ।

१३५ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १८ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि पाकिस्तानले न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो ।

पाकिस्तानका लागि महम्मद रिजवानले सर्वाधिक ३३ रन बनाएका थिए । पाकिस्तानको यो लगातार दोस्रो जित हो । यसअघि पाकिस्तानले आफ्नो पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको थियो ।

यो जीतसँगै पाकिस्तान समूह बी मा शीर्ष स्थानमा उक्लिएको छ भने अफगानिस्तान दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी गएराती नै सम्पन्न पहिलो खेलमा दक्षिण अफ्रिकाले साविक विजेता वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो ।

आजको पहिलो खेल इङ्ल्याण्ड र बंगलादेशबीच दिउँसो ३.४५ बजे तथा दोस्रो खेल स्कटल्याण्ड र नामिबियाबीच साँझ ७.४५ बजे खेलिंदैछ ।-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय