एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्ष गठबन्धनले लाेकतान्त्रिक सिस्टममाथि प्रहार गरेको बताएका छन् । सत्तामा रहेको गठबन्धन र त्यसमा रहेको एउटा सानो जमातले सिस्टममाथि प्रहार गरिरहेको बताएका हुन् ।
‘सिस्टममाथि प्रहार गर्न एउटा सानो जमात हौसिएको छ,तर, त्यसको केही अर्थ छैन,’उनले भने,‘सिस्टममाथि प्रक्रियागत ढंगबाट प्रहार गर्दै विभिन्न अंग र राज्यका निकायलाई कमजोर पारेर त्यसमार्फत सिस्टम कमजोर पार्ने कार्य भइरहेको छ । तर एमाले र सचेत जनताले त्यसो हुन दिदैन्न ।’
सरकार सिस्टम बदनाम गर्न र प्रभावकारीता कमजोर गर्नेतर्फ केन्द्रीत भएको उनको भनाइ छ । केही दिनअघि आफूले चाहे तीन महिनाभित्र सरकार ढाल्न सकिने बताएका उनले सोमबार अहिलेको भद्रगोल अवस्थालाई केही समय पाक्न दिनुपर्ने बताए । ‘गठबन्धनले देशका लागि जे गर्दैछ त्यो नराम्रो गर्दैछ,’ ओलीले भने, ‘जनताले अहिलेको अवस्था बुझ्दैछन् । अहिले हतार गर्नु हुँदैन ।’
पार्टीका नेता भीम रावलले वडा अधिवेशनका विषयमा राखेको विषयको प्रतिवाद गर्दै अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र विवाद केही होइन् । केही एकदुई जना मान्छेले कहाँ के भन्नु भयो, त्यती लेखो राख्नु हुदैन । त्यस सम्बन्धमा हामी सोध्ने छौ ।’
