Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोमबार अपरान्ह चार बजे बालुवाटार बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ । सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर