Nepali Unicode | Preeti to Unicode

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालय सुधारका विषयमा छलफल गर्न सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको फुलकोर्ट बोलाएका छन् ।  तर, प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्टमा नजाने १४ जना न्यायायाधीशहरुले बताएका छन् ।

प्रधानन्यायाधीशको कार्य सम्पादनप्रति असन्तुष्ट न्यायाधीशहरु भने फुलकोर्ट बैठक बस्नुअघि छुट्टै समानान्तर बैठक बस्ने तयारी गरेको स्रोतले जनाएको छ । जबराले नेपाल बारका पदाधिकारीसँग आइतबार छलफलपछि फुलकोर्ट बोलाएका थिए । तर, प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा आफूहरु नजाने १४ जना न्यायाधीशहरूले आइतबार नै बताएका थिए ।

प्रधानन्यायाधीश जबराले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूले लगाएका छन् । स्रोतका अनुसार असन्तुष्ट न्यायाधीशहरूबीचको बैठक बस्दै छ ।

असन्तुष्ट न्यायाधीशहरूले इजलास बहिष्कार भने नगर्ने जनाएका छन् । प्रधानन्यायाधीश राणासँग दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, प्रकाश ढुङ्गाना, कुमार रेग्मी, हरि फुयाँल, बमकुमार श्रेष्ठ, टङ्क मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी सहभागी असन्तुष्ट छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर