Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

नेपाल राष्ट्र बैङ्कले तीन वटा वाणिज्य बैङ्कलाई कारबाही गरी हर्जना तिराएको छ । राष्ट्र बैङ्कले जारी गरेको नीति उल्लङ्घन गरेको भन्दै बैङ्कले नेपाल बङ्गलादेश बैङ्क,प्रभु बैङ्क र हिमालयन बैङ्कलाई कारबाही गरेको हो ।

तीन वटा बैङ्कलाई नै अनिवार्य नगद मौज्दात अर्थात् वैधानिक तरलता अनुपात राष्ट्र बैङ्कले तोकिए बमोजिम नराखेको भन्दै ती बैङ्कलाई कारबाही गरेको राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार दाहालले जानकारी दिए ।

राष्ट्र बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई ३० हजार तीन सय २४ रुपैयाँ ४२ पैसा, प्रभु बैङ्कलाई ३५ हजार छ सय ९५ रुपैयाँ १२ पैसा र हिमालयन बैङ्कलाई दुई पटक कारबाही गरेको गरी एकपटक १७ हजार एक सय २२ रुपैयाँ तीन पैसा र अर्को पटकमा १२ हजार आठ सय ९९ रुपैयाँ एक पैसा हर्जना तिराएको प्रवक्ता दाहालको भनाइ छ ।

नियम उल्लङ्घन गरेको भन्दै बैङ्कका अध्यक्ष, सञ्चालक र सीईओबाट उक्त पैसा असुल हुने गरी कारबाही गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय