
नेपाल बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले फुलबेन्च बहिष्कार गर्ने अवस्था आउने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको भेटवार्तापछि सञ्चारकर्मीसँगै कुरा गर्दै श्रेष्ठले सो कुरा बताएका हुन् ।
अध्यक्ष श्रेष्ठले भने,‘बार र न्यायपालिका मिलेर जानुको विकल्प छैन । प्रधानन्यायाधीशले नेपाल बार र न्यायपालिका मिलेरै जानुपर्छ भनेका छन् । न्यायालय सुधारको काम नभए पछिल्लो कदम बहिष्कारसम्म पनि हुनसक्छ । तर अहिलेनै त्यसबारेमा केही भनिहाल्न सकिँदैन ।
छलफलका क्रममा आफूहरुले सङ्स्थाको सुधार गर्न सकिँदैन भने प्रधानन्यायाधीशले र मार्गप्रशस्त गरिदिनुपर्ने कुरा पनि उठाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । साथै श्रेष्ठले भने,‘हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको न्यायालय सुधारको प्रतिवेदन कार्यान्वयन गरियो भने धेरै समस्या समाधान हुन्छ, हामीले त्यही कुराको माग गरेका हौँ ।
दुई दिनअघि मात्रै नेपाल बारले कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानन्यायाधीशलाई १५ दिने अल्टिमेटम दिएको थियो ।