Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

एजेन्सी, २ असोज । बलिउडमा लागूऔषधको विषयमा निकै छेडछाड हुँदै आएको छ । कलाकारहरु आरोप प्रत्यारोप लगाउनमा व्यस्त छन् । कंगना रनौट र उर्मिला मातोंडकरबीच एक अर्कालाई निशाना बनाइरहेका छन् । एक अन्र्तर्वाताको क्रममा कंगनाले उर्मिलालाई सफ्ट पोर्न स्टार भनेकी थिइन् ।

कंगनाको भनाईलाई उर्मिलाले अन्र्तर्वाताको क्रममा जवाफ दिदै लागूऔषध सेवन गर्ने फिल्म उद्योगका व्यक्तिहरुको नाम प्रमाण सहित राख्न चुनौति दिएकी छिन् । उनले लागूऔषध सेवन गर्ने व्यक्तिको नाम पर्दाफास गर्नपनि बताइन् । उर्मिलाले भनिन्, ‘कंगनासँग सबैकुरा छ, पैसा, धन र प्रसिद्धि । अब त उनले उद्योगलाई धन्यवाद दिनुपर्ने होइन् र किन यो मुद्दा पहिला नउठाएको ? आज कंगनाको कारण बलिउडका हरेक व्यक्ति दुखी छन् ।’

जया बच्चनको समर्थन गर्दै उर्मिलाले राजनितीक विषय समातेर कंगनाले भाजपाको टिकट चाहेको समेत आरोप लगाएकी थिइन् । उर्मिलाले हिमाञ्चल प्रदेश सबैभन्दा लागुऔषधको गढ रहेको भन्दै कंगनाले पहिले आफ्नो राज्यबाट सुरु गर्न आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय