भरतपुर । नेपाल मगर संघ चितवनको अध्यक्षमा ठाकुरसिंह आले मगर निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न १७औँ अधिवेशनबाट आलेको अध्यक्षतामा हाललाई २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। समितिको उपाध्यक्षमा लालबहादुर रानामगर, अमृत आलेमगर र मोहनबहादुर आलेमगरलाई चयन गरिएको छ।

यस्तै सचिवमा सजन मगर, कोषाध्यक्षमा पुरन थापामगर, सहकोषाध्यक्षमा जीतबहादुर सारूमगर, सहसचिवमा भीमबहादुर थापामगर र शान्ता आलेमगर सदस्यहरुमा फुलमाया राना मगर,बल ब सिङगालि मगर,सागर पुलामि मगर,जिबन थापा मगर,चन्द्र ब सुनारी मगर,बुद्रि ब सुर्यबंसी राना मगर,जित ब थापा मगर,ललित ब थापा मगर,टेल ब थापा मगर,गन्धर्ब बराल मगर,धनसार थापा मगर,पुर्ण ब थापा मगर,निल कुमारी थापा मगर,फुल माया राना मगर,दल ब थापा मगर,तारा ब राना मगर लाई चयन गरिएको नेपाल मगर संघ चितवनले जनाएको छ।
कूल ३५ सदस्यीय कार्यसमितिको लागि हाललाई सर्वसम्मतरूपमा २५ सदस्यीय कार्यसमिति गठन गरी बाँकी दस सदस्यलाई पछि कार्यसमितिको बैठकबाट मनोनित गरिने नेपाल मगर संघले जनाएको छ।
