Nepali Unicode | Preeti to Unicode

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे आफू ताइवानको रक्षार्थमा खडा हुने बताएका छन् । राष्ट्रपति बाइडेनले भने,‘हो हामीले त्यस्तो गर्ने प्रतिवद्धता गरेका छौँ ।

ताइवानका विषयमा सोधिएको प्रश्नमा बाइडेनले भने । यसलाई चीनप्रतिको अमेरिकी विदेश नीति परिवर्तन भएको भनेर बुझ्न नमिल्ने ह्वाइट हाउसका प्रवक्ताले जनाएका छन् । यता,ताइवानले पनि बाइडेनको यो अभिव्यक्तिले चीनप्रतिको आफ्नो पोजिसन परिवर्तन नहुने प्रतिक्रिया दिएको छ ।

लामो समयदेखि ताइवानको रक्षा गर्ने विषयमा अमेरिकी नीति अस्पष्ट छ । यदि, चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले कस्तो जवाफ फर्काउँछ भन्ने विषय अस्पष्ट छ ।  चीनले ताइवानलाई आफूबाट अलग्गिएको एक प्रान्तका रुपमा बुझ्छ, आवश्यक परेको दिन बल प्रयोग गरेर यसलाई आफ्नो मातहत ल्याउन सकिने चिनियाँ बुझाई छ । यता, ताइवानले आफुलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र ठान्छ ।

अमेरिका र ताइवानबीच आधिकारिक रुपमा कुटनीतिक सम्बन्ध छैन । तर, ताइवान रिलेसन्स एक्टअन्तर्गत  उसले ताइवानलाई हतियार बेच्छ । यही ऐनमा ताइवानले आफ्नो रक्षा गर्न खोज्दा अमेरिकाले सहयोग गर्नैपर्ने उल्लेख छ ।

बाइडेनले चीनसँगको अन्तर्राष्ट्रिय द्वन्द्वबारे आफु चिन्तित नरहेको बताएका थिए । उनले भनेका थिए, ‘चीन, रुस र बाँकी विश्वलाई थाहा छ कि हामी विश्व इतिहासकै सबैभन्दा शक्तिशाली सेना हौं ।

पछिल्लो समय चीन र ताइवान बीचको तनाव बढ्दो छ । बेइजिङले केही अघिमात्रै ताइवानको एयर डिफेनस क्षेत्रमा दर्जनौं लडाकु विमानहरु पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर