नेपाल कम्युनिस्ट पार्टी(नेकपा)विभाजन भएर पुरानौ पार्टीमा फर्किएको माओवादी केन्द्रले अहिले सङ्गठन विस्तारमा होमिएको छ । नेकपा हुँदा भत्काभङ्ग भएका सङ्गठनलाई माओवादीले पुनजीवन दिइरहेको छ ।
तर सङ्गठन गठनमा जुटेको माओवादी केन्द्रको प्राय सङ्गठनमा विवाद देखिन्छ । ती विवादहरु दैनिकजसो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सामु पुग्ने गरेका छन् । मधेसमा पनि माओवादीभित्र चरम विवाद छ । मधेसमा माओवादी केन्द्रको विभिन्न गुट छन् ।
मधेसका नेताहरुले अध्यक्ष प्रचण्डलाई पटकपटक भेटेर आफ्ना गुनासो राख्दै आएका छन् । यसै क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले अध्यक्ष प्रचण्डलाई असोज २८ गते उनकै निवासमा गएर भेटेका थिए ।
भेटमा नेता शर्माले खुलेर आफ्ना गुनासो राखे । माओवादी आन्दोलनमा लागेर जागिर छाडेको, परिवारका एकजना सहिद भएको,आफू बल्ल बल्ल जोगिएको,मधेस आन्दोलन हाँकेको, माओवादी आन्दोलनकै क्रममा घरबारविहीन भएको,संसदबाट राजीनामा दिएको अवस्थामा पनि पार्टीले आफूलाई नपत्याएको भन्दै उनले अध्यक्ष प्रचण्डसामु गुनासो गरेका छन् ।
‘मैले केही मागेको छैन, मन्त्री बनाइदिनुस् पनि भनेको होइन, सङ्गठनमा जिम्मेवारी दिएर काम गर्ने अवसर दिनुस् मात्रै भनेको हुँ,’उनले भने । मधेसमा चरम गुटबन्दी रहेको र गुटमा लाग्नेहरूको मात्र कुरा सुन्ने गरिएको उल्लेख गर्दै उनले कुनै गुटमा नलागेकाले पार्टीमा कुनै जिम्मेवारीसमेत पाउन नसकेको अवस्था रहेकोतर्फ उनले अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
भेटमा उनले प्रचण्डलाई भने, ‘मधेसमा देखिएको गुटबन्दीलाई अन्त्य गर्नुस्, पार्टीमा एउटा पद्धति अनुसार जिम्मेवारी बाँडफाँट गर्नुहोस् ।
