Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

साफ च्याम्पियनशीप १३औं संस्करणको तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

सुरुवातदेखि नै नेपालले रक्षात्मक रणनीतिलाई कायम राख्दै अन्त्यसम्म पनि भारतलाई बल पोजिसनमा कुनै दवाव दिएको थिएन ।

पहिलो हाफदेखि नै भारतले सिर्जना गरेको आक्रमणलाई कप्तान किरण चेम्जोङले विफल बनाउँदै आएका थिए ।

खेलको ३४औं मिनेटमा नेपालको खाली पोष्टमा भारतका कप्तान सुनिल क्षेत्रिले गोल गर्न नसक्दा नेपाल पछि पर्नबाट जोगिएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको नेपाल दोस्रो हाफको ८२औं मिनेटमा फारुख चौधरीको हेडरलाई कप्तानको सुनिल क्षेत्रिको प्रहार गोलमा परिणत भएपछि १-० गोलले भारतसँग पराजित हुन पुगेको हो ।

यस हारपछि नेपाल नेपाल तीन खेलमा ६ अंकसहित शीर्ष स्थानमै छ भने भने तीन खेलमा समान ६ अंक बोकेको माल्दिभ्स दोस्रो स्थानमा छ ।

त्यसैगरी हिजोको जीतसँगै तीन खेलमा पाँच अंक लिएर भारत तेस्रो स्थानमा र बंगलादेश तीन खेलमा चार अंकसहित चौथो स्थानमा रहेको छ । अब नेपालले अन्तिम चरणको खेलमा आउँदो बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन भारतले माल्दिभ्ससँग खेल्दैछ ।

यदि नेपालले बुधबारको खेलमा बंगलादेशसँग जीत वा बराबरी मात्र गर्न सकेको खण्डमा पनि नेपालको फाइनल यात्रा सुनिश्चित छ । नेपाल र बंगलादेशको खेल पर्सि बुधबार दिउँसो ४.४५ बजेदेखि माले राष्ट्रिय रंगलशालामा खेलिंदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय