Nepali Unicode | Preeti to Unicode

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने तयारी गरेकी छिन् ।

दिउँसो ३ बजे सुरु हुने प्रदेशसभाको नवौं अधिवेशनमा उनले विश्वासको मत लिन लागेकी हुन् ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार माधव अर्यालले गत शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराएका थिए ।

शाक्यले भोलिसम्म  संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । गत भदौ २ मा एमालेको एकल बहुमतबाट सत्तारोहण गरेकी मुख्यमन्त्री शाक्यले संसदममा विश्वासको मत नपाउने देखिएको छ ।

एक सय नाै जना प्रदेशसभा सदस्य रहेको बागमतीमा सरकार जोगाउन शाक्यलाई ५५ मत आवश्य छ । हाल प्रदेशसभामा एमालेका ४३ सांसद छन् ।

विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, एकीकृत समाजवादी १३ र जनता समाजवादीको १ मत गरी ५९ जना सांसदले शाक्यलाई विश्वासको मत नदिने र नयाँ सरकार घोषणा गर्ने बताएका छन् ।

तीन मत रहेको विवेकशील साझा पार्टीले विश्वासको मत नदिने बताएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार विस्थापित गर्दै नयाँ सरकार बनाउने तयारी गरेको छ ।

एकीकृत समाजवादीको  संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनाउने तयारी भएको हो । गठबन्धनमा हाल ६० जना सांसद छन् ।

यसैबीच, वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दलहरूसँग परामर्श गर्न बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रदेश सभा सचिवालयमा विश्वासको मत लिन प्रस्ताव पेस गर्ने सूचना पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर