Nepali Unicode | Preeti to Unicode

रामानन्द सागर पौराणिक कार्यक्रम ‘रामायण’मा रावणको महत्वपूर्ण भूमिका निभाएका वरिष्ठ अभिनेता अरविन्द त्रिवेदीको ८२ वर्षको उमेरमा निधन भएको छ ।

उनको मङ्गलबार राति हृदयघातका कारण मृत्यु भएको भारतीय मिडियामा उल्लेख छ । एक रिपोर्टका अनुसार अभिनेता त्रिवेदी लामो समयदेखि अस्वस्थ थिए र उनी हिँड्न पनि सक्दैन थिए ।

‘सन्तु रङ्गिली, देश रे जोया दादा परदेश जोया, पराया धन’ जस्ता थुप्रै हिट फिल्म दिएका त्रिवेदीले  सर्वश्रेष्ठ अभिनयका लागी गुजरात सरकारबाट सम्मानित सात अवार्ड पाएका थिए ।

उनले सामाजिक र पौराणिक विधाहरूमा हिन्दी र गुजरातीसहित तीन सयभन्दा बढी फिल्महरूमा अभिनय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर