Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न नेपाली काङ्ग्रेसको काठमाडौँ महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतिमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित भएका हुन् ।

निर्वाचित भएपछि सभापति शाक्यले काठमाडौँ महानगरमा छरिरहेको काङ्ग्रेसलाई एकत्रित गर्ने लक्ष्य रहेको बताए । उनले अबको चुनावमा काङ्ग्रेसलाई ३२ सै वडामा जिताउने आफ्नो लक्ष्य रहेको पनि बताए ।

उनले नेपालको पूर्वदेखि पश्चिमसम्मका जनताले आफूलाई चुनेकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर