नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड बुधबार बिहान बालुवाटार पुगेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रचण्ड र देउवाबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको बुझिएको छ ।
गत आइतबारको बैठकमा प्रधानमन्त्री देउवाल गठबन्धनका र्शीष नेताहरूसँग मन्त्रीको नाम मागेका थिए । तर, उक्त बैठकमा गठबन्धन दलका नेताहरू आफ्नो पार्टीबाट मन्त्रीको नाम दिन सकेका थिएनन् ।
उनीहरू दल विभाजनसम्बन्धीको अध्यादेश फिर्ता भएपछि मात्र सरकारमा सहभागी हुने बताएका थिए । तर, सोमबार अध्यादेश खारेज भएसँगै अब प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ ।
प्रधानमन्त्री देउवाले मङ्गलबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए । तर, जसपाका नेता मधेसमा भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन ।
