Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत धरान उपमहानगरको सभापतिमा श्याम पोखरेल निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति पदका उम्मेदवार पोख्रेल दुई सय ६२ मत पाएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी किशोर राईले दुई सय २३ मत पाएका थिए । विजयी पोखरेलले प्रतिद्वन्द्वी राईलाई ३९ मतले पराजित गरेका हुन् ।

नेपाली काङ्ग्रेसको नगर अधिवेशनअन्तर्गत धरान उपमहानगरको सबै पदमा पोखरेल प्यानलका उम्मेदवार विजयी भएका छन् ।
उपसभापतिमा प्रवीण राईले दुई सय ९० मत र सन्तोष लिम्बूले दुई सय ३३ मतसहित विजयी भए । राई प्यानलका राजकुमार थोप्राले दुई सय १८ र महेन्द्र तामाङले एक सय ८३ मत पाए ।

सचिवमा पोख्रेल प्यानलकै उम्मेदवार हिमाल श्रेष्ठले दुई सय ९६ मत र जीतेन्द्र राईले दुई सय ५९ मत पाएर विजयी भए । राई प्यानलका उम्मेदवार कोपिला गौतमले एक सय ९५ र सुमन श्रेष्ठले एक सय ७१ मत पाए ।

यस्तै, सहसचिव पदमा पोख्रेल प्यानलका उम्मेदवार युनेश राना मगरले तीन सय दुई मत र शिला बज्रचार्यले  दुई सय ७१ मत पाएर विजयी भइन् । यता राई प्यानलका उमेदवार कमला कार्की एक सय ७१ र गोपाल कार्की एक सय ८१ मत पाएर पराजित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर