Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

म्याग्दी – गए रातिदेखि परेको वर्षासँगै आएको बाढी तथा पहिरोले बेनी-जोमसोम-कोरला सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको छ । म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेको छ।

वर्षाका कारण बाढीपहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–३, गलेश्वर, चमेरे, रघुगंगा–१, बेगखोला र अन्नपूर्ण–३, दानामा बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको बाढी तथा पहिरोले सडक हिलाम्मे हुनुका साथै पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले बताउनुभयो ।

यसैगरी पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि अवरुद्ध बनेको छ । गए रातीको वर्षाका कारण सडकभन्दा माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४, घुमाउनेभीर तथा मालिका–६, दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक अवरुद्ध भएको जिप्रका म्याग्दीका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खुलाउन स्थानीय तह तथा सडक आयोजनाका प्रतिनिधिसँग समन्वय गरिएको भए पनि सिमसिम पानी परेको र सडकमा लेदो बगिरहेकाले समस्या भैरहेको उहाँले बताउनुभयो ।

त्यस्तै बेनी–पोखरा सडकखण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८, सुन्दरेखोलामा आएको बाढीका कारण गए रातीदेखि नै यो सडकखण्ड पनि अवरुद्ध बनेको छ ।

मङ्गलबार रातिको भीषण वर्षाले सुन्दरेखोला उर्लिएपछि निर्माणाधीन मध्यपहाडी राजमार्गमा क्षति पुर्‍याउनुका साथै सडक अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक खुलाउनका लागि आवश्यक पहल भैरहेको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो ।

बाढीमा परेर मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनका साइट इञ्चार्ज राजाराम आचार्य र सवारी चालक ईन्द्र थारु बेपत्ता भएका छन् ।

यता पश्चिम म्याग्दीको मगला गाउँपालिका-५ अर्मनको छिस्बाङ खहरेखोलामा आएको पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय