Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण पहिरो जाँदा राष्ट्रिय राजमार्गसहित म्याग्दी जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् ।

हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी-जोमसोम-कोरला सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा आज बिहानैदेखि सडक पूर्ण रुपमा बन्द भएको छ ।

बेनी-जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, नैनीबगर, नागढुङ्गा र ३ नम्बर वडा दानाको रुप्से खोलामा पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

वर्षाका कारण सडकभन्दा माथिबाट ढुङ्गा र माटो खस्ने क्रम नरोकिएको हुँदा तत्काल सडक खुलाउन कठिनाई भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक डिएसपी) श्यामकुमार राईले बताउनुभयो ।

यसैगरी पश्चिम म्याग्दीको तीनवटा गाउँपालिका मंगला-मालिका र धवलागिरिलाई जोड्ने बेनी–दरबाङ सडकखण्डको बेनी नगरपालिका–४, घुमाउनेभीरमा खसेको पहिरोले सडक पूर्ण रुपमा बन्द भएको डिएसपी राईले जानकारी दिनुभयो ।

त्यस्तै बेनी-मालढुङ्गा र बेनी-रत्नेचौर सडकखण्डको पनि विभिन्न स्थानमा भलबाढी तथा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
भारी वर्षाकै कारण म्याग्दी सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने अधिकांश सडकहरु पनि हिलाम्मे हुनुका साथै बाढीपहिरोले अवरुद्ध बनेका छन् ।

अवरुद्ध सडक खुलाउनका लागि निर्माण व्यवसायी र स्थानीय तहसँगको समन्वयमा आवश्यक पहल थालिए पनि निरन्तर वर्षा परिरहेको हुँदा समस्या भैरहेको प्रहरीले जनाएको छ ।

वर्षाका कारण कालीगण्डकी नदी, राहुघाट र म्याग्दीखोलामा बहाव ह्वात्तै बढेको छ । वर्षाले बाढीपहिरो र भलबाढी आएपछि नदी कटानको जोखिम बढको हुँदा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । सडक अवरुद्ध बनेसँगै बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भएको छ ।

यसका साथै ग्रामीण भेकमा निर्माण सामग्री र खाद्यान्न ढुवानी तथा कृषकले उत्पादन गरेका तरकारी, दुध र फलफुललाई बजार पठाउन समेत समस्या भैरहेको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय