
बिहीबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकेको छ ।
मंगलबार र बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्यको कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । बुधबार मंगलबार भन्दा तोलामा १० रुपैयाँले घटेर एक् हजार तीन सय ६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।