
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन सिंहदरबारबाट पत्रकार सम्मेलन गरेका मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको कार्यान्वयनमा कुनै दुविधा नहुने बताए ।