
नर्थ क्यारोलिना (अमेरिका), वैशाख २७ गते । गैरआवासीय नेपाली सङ्घ, अमेरिकाको निर्वाचनका लागि शनिबार राति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । मे महिनाको २८ र २९ तारिखमा अनलाइनमार्फत मतदान गरिने छ ।
निर्वाचनमा आजीवन सदस्यसमेत करिब १९ हजार मतदाताले मतदान गर्ने जनाइएको छ । निर्वाचन आयोगका अध्यक्ष विश्व बरालले शनिबार साँझ आयोजित कार्यक्रममा जुममार्फत सो जानकारी दिनुभएको हो । संसारभरबाट चासो र चर्चाको विषय हुँदै आएको गैरआवासीय नेपाली सङ्घ, अमेरिकाको निर्वाचनमा १२५ जनाले विभिन्न पदमा उम्मेदवारी दिनुभएको छ ।
सो निर्वाचनमा अध्यक्ष पदमा चारजना डा. अर्जुन बन्जाडे, बुद्धिसागर सुवेदी, कृष्ण लामिछाने र तिलक केसीले उम्मेदवारी दिनुभएको छ ।