Nepali Unicode | Preeti to Unicode

इस्लामाबाद । पाकिस्तानको क्वेटा सहरमा बम विस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

एउटा होटेलको पार्किङमा भएको उक्त विस्फोट पाकिस्तानका लागि चिनियाँ राजदूतलाई लक्षित गरी गराइएको अनुमान गरिएको छ ।

अफगानिस्तानको सीमासँग जोडिएको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा चिनियाँ राजदूत उपस्थित हुने तय भएको थियो । तर, विस्फोटको समयमा उनी त्यहाँ नरहेको बताइएको छ ।

हमलाको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ । यद्यपि, उसले किन र कुन उद्देश्यले विस्फोट गराएको भन्ने खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर