Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

बैशाख २ ।अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका आफ्ना सेना मे १ देखि फिर्ता बोलाउने घोषणा गर्नुभएको छ ।
राष्ट्रपति बाइडेनको घोषणा अनुसार मे १ देखि फिर्ता हुन थाल्ने र आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्नेछन् ।
सन् २००१ मा अमेरिकामा रहेको विश्व व्यापार संगठनको भवनमा भएको हमलाको २० औं वार्षिकीसँगै आतङ्कवादविरुद्ध लड्न अफगानिस्तान पठाएका आफ्ना सेना फिर्ता बोलाउन थाल्ने राष्ट्रपति बाइडेनले घोषणा गर्नुभएको हो ।
२० वर्षदेखि जारी युद्धमा २५ सयभन्दा धेरै अमेरिकी सैनिकहरूले ज्यान गुमाएका छन् । विश्वभर आतङ्कवादविरुद्ध लड्ने भन्दै अमेरिकाले अफगानिस्तानमा आफ्ना सेना पठाएको थियो । अफगानिस्तानमा अहिले २५ सय अमेरिकी सेना रहेका छन् ।
यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अफगानिस्तानमा शान्ति वार्ता गरेर आफ्ना सेना फिर्ता बोलाउने प्रयास थाल्नुभएको थियो । तर आन्दोलनरत र सरकारी पक्षको अविश्वासका कारण अफगानिस्तानको शान्ति वार्ता अघि बढ्न सकेको थिएन ।
गएको वर्ष तालिवानले हिंसा रोकेको १४ महिनाभित्र अमेरिकाले आफ्ना सबै सेनाहरू फिर्ता बोलाउने सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय