Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चैत ३० ।लण्डनमा सुरु भएको ‘बाफ्टा अवार्ड २०२१’मा नायिका प्रियंका चोपडा र उनका पति निक जोनस सहभागी भएका छन् । अवार्डको रेड कार्पेटमा पतिसँग देखिएकी प्रियंकाको पहिरनको चर्चा सामाजिक संजालमा भैरहेको छ । ७४ औं ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन अवार्ड आइतबार लन्डनको रोयल अल्बर्ट हलमा आयोजना भएको थियो । रेड कार्पेटमा खुलेको रातो ज्याकेट लगाएकी प्रियंका निकै हट देखिएकी थिइन् ।
प्रियंकाले रेड कार्पेटमा मिडियासँग कुरा गर्दै आफ्नो लण्डन यात्रा र नयाँ चलचित्रको बिषयमा पनि कुरा गरेकी थिइन् । यो अवार्डमा प्रियंकाले अभिनय गरेको चलचित्र ‘दि ह्वाइट टाइगर’का नायक गौरव उत्कृष्ट नायकको विधामा नोमिनेशनमा थिए ।
नायिका चोपडा लन्डनमा चलचित्र ‘सिटाडेल’को छायांकनमा व्यस्त छिन् । यो वेव सिरिजलाई रुसो ब्रदर्सले निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय