Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२९ चैत। भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस ९कोभिड-१९० को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक करोड ३३ लाख ५८ नाघेको छ । त्यस्तै एक लाख ६९ हजार २७५ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ११ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै छत्तीसगढमा १४ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । उत्तर प्रदेशमा १२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै केरला, कर्नाटक, तामिलनाडु, दिल्ली, गुजरातमा पनि नयाँ संक्रमितको संख्या पाँच हजारभन्दा धेरै छ ।
भारतमा अहिले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । गत फेब्रुअरीयता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ । पछिल्लो समय मानिसहरुले संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना नगरेको, चाडपर्व तथा राजनीतिक भेलाजस्ता ठूलो संख्यामा मानिसहरुको भेला हुने कार्यक्रमहरु भएको र कोरोनाको नयाँ प्रकार ९भेरियन्ट०को संक्रमणको कारण पनि दोस्रो लहर फैलिएको विशेषज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय