Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चैत २७ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गर्नु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषित गर्नु भएको हो ।
२०७६ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष विभूषित गरिने भनिए पनि कोरोनाका कारण रोकिएको थियो । आज २०७६ सालमा नै घोषणा गरिएकाहरुलाई विभूषित गरिएको हो ।
महाउज्ज्वल राष्ट्रदीप मानपदवीबाट साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन मन्त्री स्वर्गीय रविन्द्रप्रसाद अधिकारीलाई मरणोपरान्त विभूषित गरिएको छ । यस्तै, सु(प्रसिद्ध प्रबल जनसेवा श्रीबाट सात जना, प्रसिद्ध प्रबल जनसेवा श्रीबाट एक जना, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट एक जना, सु(कीर्तिमय राष्ट्रदीपबाट ९ र सु(प्रबल जनसेवा श्रीबाट एक सय १२ जना विभूषित भएका छन्।
त्यसैगरी कम्यूनिकेशन कर्नर एवं उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंसहित पत्रकारहरु गगन विष्ट, गणेश बस्नेत, गणेशमान गुरुङ, गोपाल खनाल, गोविन्दप्रसाद चौलागाईं, टंक पन्त र फूलमान बल प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित हुनु भएको छ।
यस्तै, पत्रकार राजेन्द्र अर्याल, राजबहादुर गुरुङ, लक्ष्मी पुन, सूर्यबहादुर थापा क्षेत्री, हरिप्रसाद जोशी, चन्द्र न्यौपाने, मोहन चापागाईँ, सुवास खतिवडा, दिनेश पाण्डे, गोविन्द सिंह थापा, बलराम थापा, महेश दास, यज्ञप्रसाद शर्मा लगायत २ सय जना यो मानपदवीबाट विभूषित भएका छन् ।
२०७७ सालमा घोषणा गरिएका पाँच सय ९४ जनालाई आउँदो बुधवार विभूषित गर्ने तयारी छ । सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई मानपदवीबाट विभूषित गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय