Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२७ चैत । नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ‘ह्यास फोटो नेपाल’ प्रदर्शनी अन्तर्गत भक्तपुर जिल्लामा मनाइँदै आएको बिस्का जात्राको आकर्षण समावेश गरिएका फोटो प्रदर्शनीमा राखिने भएको छ ।
प्रदर्शनी जात्रा मनाइने मिति मिल्ने गरी २०७७ चैत्र २८ देखि २०७८ वैशाख ५ सम्म हुने बोर्डले जनाएको छ । यस पालिको प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल फोटोनेपालडटट्राभलमा अनलाइन माध्यमबाट गरिने भएको छ ।
भक्तपुर पर्यटन विकास समिति, गो लोकलको सहकार्यमा प्रदर्शनी र जात्राको अनलाइन पहुँच बढाउन समेत यी संस्थाहरुको पहलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । भक्तपुर जिल्लाकै फोटोग्राफर चन्द्र चक्रधरले खिचेका ३० वटा फोटो प्रदर्शनीमा राखिने बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा।धनञ्जय रेग्मीले पाँच वर्षदेखि आयोजित फोटो नेपालले भक्तपुर पर्यटन विकास समिति र गो लोकलको साथ पाएर अझ बढी ब्यापक भएको बताउँदै सबैमा फोटो अवलोकन गर्न र आफ्नो सञ्जालबाट शेयर गरी बिस्का जात्रा, भक्तपुर जिल्ला र संस्कृतिको प्रचार गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय