Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२७ चैत । सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा दबाब दिने उद्देश्यले शुक्रबार चक्काजाम गरिएको छ । वीरगञ्जको रानीघाट र रामगढवा क्षेत्रका बासिन्दाले चक्काजाम गरेका हुन् ।
श्री रामघाट छठ समितिको आह्वानमा शुक्रबार विहान ८ बजेदेखि आधा घण्टा चक्काजाम गरिएको हो । उनीहरुले रानीघाट र रामगढवा जोड्ने सिर्सिया नदीको पुलमा व्यानर सहित बाटो छेकेर बसेका थिए ।
चक्काजाममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले दुईवटा व्यानर खोसेर लगेको चक्काजाममा सहभागी वृजेश्वर चौधरीले जानकारी दिए । ‘विहान ८ बजेदेखि ९ बजेसम्म रामगढवा र रानीघाट जोड्ने सिरसिया नदीको पुलमा एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरेका थियौं,’ उनले भने, ‘तर प्रहरीले हस्तक्षेप गरेर व्यानर खोसेर लगिदिए । तैपनि हाम्रो उद्देश्य पूरा भयो भन्ने लागेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय