Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२५ चैत। ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार एकैदिन चार हजार १९५ संक्रमितको मृत्यु भएको हो ।
ब्राजिलमा हालसम्म कोरोना संक्रमणका कारण तीन लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय फैलिएको कोरोनाको नयाँ प्रकार भेरियन्टको कारण संक्रमण उल्लेख्य संख्यामा बढेको बताइएको छ ।
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले निरन्तर सामाजिक गतिविधिमा प्रतिबन्धको नियमको विरोध गर्दै आएका छन् । उनी कोरोनाबाट बच्न मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्न नसकिने अडानमा छन् ।
ब्राजिलमा कोरोना भाइरस संक्रमितको कुल संख्या एक करोड ३० लाख नाघेको छ । गत मार्च महिनामा मात्र ब्राजिलमा कोरोनाको कारण ६६ हजारभन्दा बढीको मृत्यु भएको थियो । कोरोना संक्रमण बढ्नुको असर अहिले ब्राजिलका अस्पतालहरुमा पनि देखिएको छ । ब्राजिलका अस्पतालका करिब ९० प्रतिशत आईसीयू भरिइसकेका छन् ।
यस्तै केही राज्यमा अक्सिजन तथा अन्य स्वास्थ्य सामग्रीको अभाव देखिएको छ । अवस्था बिग्रँदो भएपनि ब्राजिलका केही राज्य तथा शहरले सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्ध हटाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय