Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२५ चैत । नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समान्तर कमिटी गठन गरी शपथ गराएको छ ।
चैत १९ गते माधवकुमार नेपाल र गण्डकी प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेले धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका थिए ।
समानान्तर कमिटीको सचिवमा होम नेपाली थिए । घोषणा गरिएको सदस्यको संख्या थपेर १४९ सदस्यीय पुर्‍याएर शपथ गराइएको कास्की अध्यक्ष आचार्यले जानकारी दिए ।
कमिटीको उपाध्यक्ष शोभखर भण्डारी, उपसचिव पूर्ण लामा चयन भएका छन् । यस्तै पोखरा महानगर कमिटी अध्यक्षमा मुक्ति पौडेल र सचिवको जिम्मेवारी सुशील बस्नेतलाई दिइएको छ ।
केन्द्रीय पोलिटब्युरो सदस्य तुलबहादुर थापाले कमिटीका पदाधिकारी तथा सदस्यलाई शपथ खुवाए । जिल्ला कमिटीका सदस्यहरुको नामावली टुंगो लागेपछि योगेश भट्टराईबाट शपथ खुवाउने कार्यक्रम थियो । मौसमका कारण जहाज नउडेपछि नेता थापाले शपथ खुवाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय