Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२४ चैत । बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघलाई सदर चिडियाखाना, ललितपुरमा ल्याइएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार बिहान चिडियाखानामा राखिएको हो ।
यो बाघले आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्न हात्तीसहित गएका हात्तिसारमा कार्यरत कर्मचारीलाई बाघले आक्रमण गरेको थियो । गैँडा गणना गरेर फर्किने क्रममा हात्तीलाई नुहाइदिनुका साथै घाँस पनि जोहो गर्ने क्रममा बाघका आक्रमणमा परी गुडगाव बस्ने ३४ वर्षीय पुलिसराम थारूको मृत्यु भएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका हरिभद्र आचार्यका अनुसार यही बाघले केही अगाडि पनि निउरो टिप्न गएकी एक महिलालाई मारेको आशंका छ । यो बाघले दुई जनाभन्दा बढी मान्छे मारेको देखिएका कारण थप दुर्घटना नहोस् भनेर उद्दार गर्नु परेको उनले बताए । त्यही कारण चिडियाखानामा धेरै ठाउँ नभए पनि यही व्यवस्थापन गर्नुपरेको उनले बताए ।
कार्यक्रममा वनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय निकुञ्ज छेउमै बस्ती भएकाले बर्दियामा मात्र १० किलोकिटर पर्खाल लगाउन आवश्यक देखिएको बताए । त्यसका लागि बजेट जोहो गर्न आफूले पहल गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय