Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२२ चैत। भारतका विभिन्न जेलमा ४० वर्ष बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ । प्रदेश नं। १ ले उपचारको जिम्मेवारी लिने निर्णय गरेअनुसार आइतबार विराट मेडिकल कलेजमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हो ।
अस्पतालका डा। पुरु कोइरालाले तिम्सिनाको प्रारम्भिक स्वास्थ्य जाँच गरेको उनका भतिज गोपाल तिम्सिनाले बताए । उपचारका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले समन्वय गरिरहेका छन् ।
प्रदेश सरकारको समन्वयमा अस्पतालका सञ्चालक डा। ज्ञानेन्द्र कार्कीले तिम्सिनाको उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएका छन् । तिम्सिनाले जिल्ला प्रशासन कार्यालय, इलामबाट हालै नागरिकता लिएका छन् ।
उनलाई लागेको आरोपमाथि बिना सुनुवाइ चार दशकसम्म जेलमा बसेका दुर्गाप्रसादको तर्फबाट क्षतिपूर्ति माग गर्दै भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने परिवारको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय