Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चैत २२ । वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि प्रदेशभित्रका नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने भएको छ ।
कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित क्षेत्रहरुमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा अधिकतम १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन लागिएको वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
कृषि, उद्योग, पर्यटन, व्यापार, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहरमैला व्यवस्थापनमा ऋण प्रवाह हुनेछ । सहुलियत ऋण प्रवाहका लागि वाग्मती प्रदेश सरकारले यो आर्थिक वर्षका लागि तीन अर्ब रुपैयाँ ऋण लगानीका लागि घोषणा गरेको छ ।
यो ऋण पाँच वर्षसम्ममा तिरिसक्नुपर्छ । ऋणको ब्याजदर वार्षिक तीन प्रतिशतभन्दा धेरै नहुने प्रदेश सरकारले जनाएको छ । सहुलियतपूर्ण ऋण लगानीका लागि वाग्मती प्रदेश सरकारले कृषि विकास बैंक र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय