Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चैत २२ । भारतमा यो हप्ता जति संख्यामा कोरोनाका नयाँ संक्रमित भेटिएका छन्, त्यो आधारमा संसारमा भारतलाई ‘कोरोना संक्रमणको हटस्पट’ भन्न गलत हुने छैन ।
शनिबार भारतमा ९३ हजारभन्दा बढी नयाँ संक्रमित पुष्टि भयो र ५ सय भन्दा बढी कोभिड–१९ का कारण मारिए । यो आँकडा पूरा संसारभरी सबैभन्दा बढी हो ।
यदि कोरोना संक्रमणका नयाँ मामिलाको दैनिक संख्यालाई आधार मान्ने हो भने शुक्रबार पछि भारतले अमेरिका र ब्राजिललाई पनि पछि पारेको छ ।
शुक्रबार अघि ब्राजिलमात्रै भारतभन्दा पछाडि थियो । त्यसदिन भारतमा कोरोनाका ६९ हजार संक्रमित पुष्टि भएको थियो र ब्राजिलमा करिब ७२ हजार नयाँ मामिला दर्ता गरिएको थियो ।
तर शनिबार भारतले दुबै देशलाई पछि पारेको छ ।
भारतमा कोरोना संक्रमणको नयाँ मामिलाको सातदिनको जुन औसत निस्किएको छ, त्यो पनि संसारमा सर्वाधिक छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एक दिनमा कोभिड–१९ का ९० हजारभन्दा बढी मामिला सेप्टेम्बर सन् २०२० का बेला दर्ता गरिएका थिए ।
धेरै संक्रमित सेप्टेम्बर सन् २०२० का बेला दर्ता गरिएका थिए ।
तर अब एकपटक पुनः कोरोनाका संक्रमित त्यसै गतीमा बढिरहेको छ ।
हरेक दिन कोभिडका कारण भइरहेको मृत्युको आँकडा पनि नोभेम्बर–डिसेम्बर सन् २०२० को स्तरमा पुगिसकेको छ, जब देशमा दैनिक ५ सय भन्दा यो महामारीका कारण मारिएका थिए ।
भारतमा हालसम्म एक लाख ५४ हजार ११० मानिसहरुको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।
कोरोना संक्रमणको कूल मामिलाको हिसाबले भारत संसारकै तेस्रो स्थानमा छ ।
जोन हप्किन्स युनिभर्सिटीको आँकडा अनुसार भारत र ब्राजिलबीच अब धेरै अन्तर छैन । यस्तै अमेरिका सर्वाधिक संक्रमित ९तीन करोड ६ लाख० सहित पहिलो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय