Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

१८ चैत । अमेरिकाको न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुओमोले मनोरञ्जनका लागि गाँजा खुला गर्ने विधेयकमा हस्ताक्षर गर्ने योजना बनाएको बताएका छन् । राज्यका दुवै सदन सिनेट र एसेम्ब्लीले कानून पारित गरेपछि कुओमोको भनाइ आएको हो ।
सिनेटले विधेयक एस८५४क लाई २३ का विरुद्ध ४० भोटबाट पारित गरेको हो । त्यसपछि विधेयकलाई एसेम्ब्ली पठाइएको थियो । त्यहाँँ पक्षमा १०० र विपषमा ४९ भोट परेको कुओमोले मङ्गलबार जानकारी दिए । आफ्नो डेस्कमा आएपछि विधेयकमा हस्ताक्षर गर्ने कुओमोको भनाइ छ ।
‘गाँजामा प्रतिबन्ध लगाउँदा काला जातिका समुदायलाई मर्का गरिरहेको थियो । उनीहरूले कठोर कारावास सजाय पाइरहेका थिए । वर्षौंको कठोर मेहनतपछि आएको यो ऐतिहासिक कानूनले सीमान्तीकृत समुदायलाई न्याय प्रदान गर्छ, अर्थतन्त्रलाई वृद्धि गर्ने नयाँ उद्योगलाई अंगीकार गर्छ र जनताका लागि पर्याप्त सुरक्षा प्रदान गर्छ,’ गभर्नरले भने ।
यस विधेयकका प्रायोजक सिनेटर लिज क्रुगरले मंगलवार बेलुका लागूऔषध नियमका कारण काला जातिका मानिसमाथि चरम अन्याय हुने गरेको भनी भावुक बयान दिए । गाँजा लिएकै कारण कैयौं युवाको जीवन ध्वस्त बनाइएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय