
१८ चैत्र । भारतमा थप ५३ हजार ४८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कूल संक्रमितको संख्या १ करोड २१ लाख ४९ हजार ३३५ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप ३५४ जनाको मृत्यु भएको छ। हाल भारतमा कोरोना संक्रमितको दर संगै मृत्यु दर पनि बढ्दो छ। भारतमा १ लाख ६२ हजार ४६८ जनाको मृत्यु संक्रमणका कारण भइसकेको छ।
अहिले भारतमा ५ लाख ५२ हजार ५६६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।