Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चैत ११। छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च सतर्कता अपनाइएको छ । प्रदेश नं २ को भारतीय सीमासँग जोडिएको नाकामा ६७ बिओपी र ३५ एफओपीको पोष्ट रहेका छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कडाइका साथ जाँच गर्ने निर्देशनसमेत दिइएको छ ।
सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीले आठवटै जिल्लामा रहेका कोभिड सङ्कट व्यवस्थापन समिति तथा स्थानीय निकायसँग समन्वय गरी हेल्थ डेस्क राख्ने निर्देशन दिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए । उनले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका युनिटले आवश्यकतानुसार आठवटै जिल्लामा फोरवार्ड अपरेटिङ बेस खडा गरी सीमा नाकामा हेल्थ डेस्क राखेर काम गर्न निर्देशन दिएको बताए ।
यसैबीच पछिल्लो केही दिनयता पर्सा जिल्लामा पुनः कोरोना सङ्क्रमित फेला पर्न थालेकाले कोभिड सङ्कट व्यवस्थापन समिति पर्साले बैठक बसी सीमा नाकामा कडाइ गर्ने, सशस्त्र र नेपाल प्रहरीलाई कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा राखी मुख्य नाकामा सेना परिचालन गर्ने तथा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी एवं कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक आसमान तामाङको अध्यक्षतामा बसेको बैठकले कोभिड सङ्क्रमित बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गरी जिल्लाका नारायणी अस्पताल, बगही स्वास्थ्य चौकी, पोखरिया अस्पताल र भिखमपुर स्वास्थ्यचौकीमा कोभिड सङ्क्रमितको उपचारका लागि शय्याको व्यवस्थापन गरिने निर्णय गरेको छ । सो समितिले होली पर्वलाई दृष्टिगत गरी होली खेल्ने क्रममा २५ जनाभन्दा बढी भीड नगर्न सबैसँग आग्रह गरेको छ ।
सशस्त्र प्रहरीले अवैधरूपमा भारतबाट ल्याइएको धानको बोराभित्र करोडौँ मूल्य बराबरको लुकाइछिपाइ ल्याइरहेको कपडासहित एक भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । भारतबाट आइसिपीको बाटो हुँदै काठमाडौं जान लागेको बीआर ०६ जिबी ४१५६ नंको भारतीय ट्रकलाई आइसिपी गेटनेर जाँच गर्दा धानको बोरामुनि करिब रु एक करोड मूल्य बराबरको कपडा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी प्रदेश नं २ कार्यालय महोत्तरीले जनाएको छ ।
उक्त भारतीय ट्रकमा धानको बोरा मुनि सटिङसुटिङ, कुर्ता सुरुवाल, साडीलगायतका कपडा रहेको जनाइएको छ । सामानसहित सो ट्रकलाई आवश्यक कारवाहीका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको छ । सो ट्रक र सामान काठमाडौँका इन्द्र मलको रहेको बुझिएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय