Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

१० चैत । रूपन्देहीको मर्चवारी गाउँपालिकामा कर्मचारीले अनिश्चितकालका लागि प्रशासनिक काम ठप्प पारेका छन् । जनप्रतिधिनिले अश्लिल शब्द बोलेर गालीगलौज गरेको र हातपात समेत गरेको आरोप लगाउँदै कर्मचारीले आइतबारदेखि प्रशासनिक ठप्प पारेका हुन् ।
मर्चवारी गाउँपालिकाका कर्मचारीहरूले संयुक्त हस्ताक्षरमा एउटा ‘सूचना’ जारी गरी अनिश्चितकालका लागि कार्यालयका कामकाज ठप्प पारेको जनाएका छन् ।
वडा न।३ का वडा अध्यक्ष नारायणबहादुर यादवले योजनाहरूको कार्यसम्पादन मूल्याङ्कनभन्दा बढी रकम भुक्तानी गर्न दबाब दिँदै गाउँपालिका कार्यालयका सब इन्जिनियर प्रेमसागर पासवानलाई अश्लिल शब्दले गालीगलौज र हातपात गरेको जनाइएको छ ।
कर्मचारीहरूले गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं। ३ का वडाध्यक्ष यादवविरुद्ध रुपन्देही जिल्ला प्रशासन कार्यालमा उजुरी दिएका छन् । विगतमा समेत बारम्बार जनप्रतिनिधिहरूबाट यस्ता गतिविधि भइरहेको कर्मचारीहरूको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय