Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

द्वन्द्वको स्थितिबाट 'छिट्टै पछि हट्‍ने' भारत-चीनबीच सहमति

नयाँ दिल्ली । लामो समयदेखि सीमा विवादका कारण तनावमा रहेका भारत र चीनबीच द्वन्द्वको स्थितिबाट ‘छिट्टै पछि हट्‍ने’ सहमति भएको छ ।

यसअघि भारत-चीनबीच एकअर्काले सीमा क्षेत्रमा गोली हानेको आरोप लगाएका थिए भने भारतले चिनियाँ सेनाले आफ्ना पाँच नागरिकलाई अपहरण गरेको आरोप लगाएका थिए ।

बिहीबार मस्कोमा दुई देशका विदेशमन्त्रीहरूबीच भएको छलफलमा सीमाको तनाव कम गर्ने सहमति भएको हो । बेलाबेलामा दुवै देशका सैनिकहरूबीच पूर्णरूपमा निर्धारण हुन नसकेको सीमा क्षेत्रमा द्वन्द्व हुने गरेको छ ।

दुवै देशले एकअर्कालाई सीमा नाघेर आफ्नो क्षेत्रमा प्रवेश गरेको आरोपप्रत्यारोप गर्ने गरेका छन् र जुन १५ मा दुबै मुलुकबीच हिंसात्मक झडप भएको थियो । एउटा संयुक्त वक्तव्यमा दुई शक्तिशाली राष्ट्रले ‘अहिलेको अवस्था कुनै पनि पक्षको हितमा नरहेको’ बताएका छन् ।

“त्यसैले दुवै पक्ष सीमामा रहेका सेनाले संवाद कायम राख्‍ने, छिट्टै द्वन्द्वबाट पछाडि हट्ने, आवश्यक दूरी कायम राख्‍ने र तनाव कम गर्न सहमत भएका छन्,” भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका वाङ यीले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा शान्ति र अमनचयन कायम राख्‍ने र नयाँ व्यवस्थाहरु पनि अगाडि बढाउने बताइएको छ । यद्यपि यो व्यवस्था कस्तो खालको हुने भन्‍ने स्पष्ट पारिएको छैन । – बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय