Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

८ चैत । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ।
निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५स्१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२:३० बजेदेखि चैत १० गते दिउँसो १२:३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिए।
मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ। यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने छ।
उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ। उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान १० ः ३० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ।
यसैगरी उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ। उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ।
मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ । महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ।
केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासङ्घको वेबसाइटमार्फत सार्वजनिक गरिएको सचिव थापाले बताए। केन्द्रीय निर्वाचन समितिको कार्यालय महासङ्घको केन्द्रीय कार्यालयमै रहेको छ।
यसैगरी प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाईकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ। ती एकाईको मनोनय दर्तालगायत प्रक्रिया पनि सम्बन्धित एकाईमै हुनेछ। देशभरबाट निर्वाचनका लागि महासङ्घका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय